birat ribon

दक्षिण अफ्रिका र ब्राजिलमा देखियो नयाँ प्रकारको कोरोना

Neuro
दक्षिण अफ्रिका र ब्राजिलमा देखियो नयाँ प्रकारको कोरोना

विराटनगर । सार्स कोभ २ भाइरसको प्रमुख उत्परिवर्तित संस्करण (बि–११७) मध्य डिसेम्बरतिर पहिलोपटक बेलायतमा देखिएको थियो । उक्त संस्करण ७० प्रतिशत सङ्क्रामक भएको बताइएको छ । तर, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको भाइरसको नयाँ प्रकार बेलायतमा देखिएको भन्दा पनि भिन्न भएको पाइएको छ ।

Padelux insider
cura insider

उक्त भिन्न प्रकारले निको भइसकेको वा भाइरसविरुद्धको प्रतिरक्षा विकास गरेका मानिसमा समेत पूर्ण सङ्क्रमण गराउने साथै खोपलाई समेत निष्प्रभावी बनाउनसक्ने अध्ययनले देखाएको छ ।

प्रारम्भिक अध्ययन र सरकारी रिपोर्टका अनुसार खोप लगाएका वा पहिले सङ्क्रमित भएका व्यक्तिमा भएको प्रतिरोधात्मक क्षमताले समेत समात्न नसक्नेगरी दक्षिण अफ्रिकाको नयाँ स्ट्रेन (बि–१३५१) र ब्राजिलको नयाँ स्ट्रेन (पि–१) उम्कन (इश्केप गर्न) सक्छ । भाइरसमा म्युटेसन हुनु एक प्राकृतिक घटना हो र सार्स कोभ–२ मा प्रत्येक महिना दुई उत्परिवर्तन देखिएको थियो ।

तर, डिसेम्बरमा अन्वेषकले असामान्य रूपले युकेसँग सम्बन्धित स्ट्रेनमा २३ परिवर्तन, दक्षिण अफ्रिकाको स्ट्रेनमा आठ र ब्राजिलको स्ट्रेनमा २० पत्ता लगाउन थाले । यी परिवर्तनमध्ये एन–५०१वाइ र इ–४८४के फरक हुन् । एन–५०१वाइ म्युटेसनले भाइरसलाई अधिक सङ्क्रामक बनाएको छ भने इ–४८४के म्युटेसनले भाइरसलाई अधिक प्रतिरोधी बनाउँछ ।

युकेसँग सम्बन्धित स्ट्रेनमा एन–५०१वाइ उत्परिवर्तन छ भने ब्राजिलको स्ट्रेनमा इ–४८४के उत्परिवर्तन छ । तर, दक्षिण अफ्रिकाको नयाँ स्ट्रेनमा एन–५०१वाइ र इ४८४के दुवै उत्परिवर्तन भएको देखिएको छ । अध्ययनका अनुसार इ–४८४के म्युटेसन भएको स्ट्रेनले एन्टिबडीसँग प्रतिक्रिया नगरेको वा एन्टीबडीबाट यो स्वरूप उम्कनसक्ने र व्यक्तिलाई पुनः सङ्क्रमण बनाएको छ ।

jackson ribon