birat ribon

बार्सिलोनाविरुद्ध रामोन जुआनको कीर्तिमान

Neuro
बार्सिलोनाविरुद्ध रामोन जुआनको कीर्तिमान

विराटनगर । तेस्रो डिभिजन क्लब कोर्नेलाका गोलकिपर रामोन जुआनले बार्सिलोनाविरुद्ध कीर्तिमान बनाएका छन् । बिहीबार राति कोपा डेल रेअन्तर्गत अन्तिम ३२ को खेलमा दुई वटा पेनाल्टी रोक्दै जुआनले कीर्तिमान बनाएका हुन् ।

Padelux insider
cura insider

गए राति कोपा डेल रेमा सर्वाधिक धेरै पटकको विजेता बार्सिलोनाले कोर्नेलालाई २–० गोलले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो । सो खेलमा बार्सिलोनाले दुई वटा पेनाल्टी पाएको थियो । जसमा दुई खेलाडी गोल गर्नबाट चुकेका थिए ।

३९औं मिनेटमा मिरालेम पियानिक पेनाल्टीमा चुकेका थिए । अल्वर्ट इस्टिललेसले पेनाल्टी बक्समा रोनाल्ड अराउजोमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा लियोनल मेस्सी अनुपस्थित रहँदा पियानिकले प्रहार गरेका थिए । कोर्नेलाका गोलरक्षक जुआनले पियानिकको प्रहार रोकेका थिए ।

८०औं मिनेटमा मोरेनोले क्लेमेन्ट लेङ्लेटमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा डेम्बेलेको प्रहार गरेका थिए । तर, गोलरक्षक जुआनले रोक्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए ।

यससँगै जुआन एकै खेलमा बार्सिलोनाका दुई पेनाल्टी रोक्ने सबैभन्दा पहिलो गोलकिपर बनेका छन् । बार्सिलोनाको दुई पेनाल्टी रोकेपछि जुआनले जीवनमा पहिलो पल्ट एकै खेलमा दुई पेनाल्टी रोकेको बताए । ‘मैले मेरो जीवनमा कहिल्यै पनि एकै खेलमा दुई पेनाल्टी रोकेको थिइनँ । पहिलो पल्ट यस्तो भएको हो,’ खेलपछि उनले भने ।

बार्सिलोनाको पछिल्ला पेनाल्टी खराब

यस सिजनका पछिल्ला १२ खेलमा बार्सिलोनाले पाँच पेनाल्टी मिस गरको छ । रियल सोसिडाडविरुद्धको पेनाल्टी सुटआउटभन्दा बाहेक पनि बार्सिलोनाले पाँच वटा पेनाल्टी बिगारेको छ ।

डेम्बेले र पियानिकबाहेक मेस्सी, एन्टोइन ग्रिजम्यान र मार्टिन ब्रेथवेटले पनि पेनाल्टी मिस गरेका छन् । तथापि, पछिल्ला सात पेनाल्टीमा मेस्सीले पाँच, ब्रेथवेट र डेम्बेलेले एक–एक गोल गरेका छन् ।

jackson ribon