birat ribon

सवारी दुर्घटना तीनजनाको मृत्यु

Neuro
सवारी दुर्घटना तीनजनाको मृत्यु

विराटनगर । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Padelux insider
cura insider

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २–०१– ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किएको छ । सो दुर्घटनामा परी घाइते भएका टेम्पो चालक स्थानीय २६ वर्षीय हेमराज राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यस्तै सुनसरीको कोशी गाउँपालिका–२ मा को ११ प ९९५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनाबाट घाइते भएका मोटरसाइकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका–११ का ३० वर्षीय रञ्जित सरदारको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

jackson ribon