birat ribon

हाइपरथाइराइडिज्म : यी लक्षण देखा परे शरीरमा थाइराइड हर्मोनको मात्रा बढी हुन्छ

Neuro
हाइपरथाइराइडिज्म : यी लक्षण देखा परे शरीरमा थाइराइड हर्मोनको मात्रा बढी हुन्छ

विराटनगर । थाइराइड हर्मोन मानव शरीरलाई एकदम आवश्यक पर्ने हर्मोनमध्ये एक हो । थाइराइड ग्रन्थी घाँटीको अगाडिपट्टि हुन्छ, जसले टेट्रा आयोडोथ्रायोनिन (टि–४) र ट्राइ आयोडोथ्रायोनिन (टि–३) नामक दुई प्रमुख थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ ।

Padelux insider
cura insider

यसले मानव शरीरको मेटाबोलिजम, वृद्धि र विकासमा प्रमुख भूमिका खेल्छ । साथै, शरीरका धेरै कार्य नियमित र सही ढङ्गले गर्न मद्दत गर्छ । शरीरमा थाइराइड हर्मोन बढी वा कम उत्पादन हुँदा रोग लाग्ने हुन्छ ।

शरीरमा थाइराइड हर्मोन बढी हुनुलाई हाइपरथाइराइडिज्म र कम हुनुलाई हाइपोथाइराइडिज्म भन्ने गरिन्छ । हाइपरथाइराइडिज्म विभिन्न कारणले हुनसक्छ । टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा, थाइराइड ग्रन्थी सुन्निने वा ट्युमर हुँदा, अत्यधिक नुनको सेवन, टेस्ट्स र अण्डाशयको ट्युमर, टि–४ भएको खाना वा औषधिको अत्यधिक सेवन गरेका हाइपर थाइराइडिज्मको समस्या निम्तिन सक्छ ।

टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा मुटुको दर बढ्ने, रक्तचाप बढ्ने र हातको कम्पनको अनुभव गर्न सकिन्छ । हाइपर थाइरायडिज्मले पेटसम्बन्धी समस्या निम्त्याउनुका साथै गोइटर, आँखामा समस्या, तौल घटाउने, र महिलामा अनियमित माहिनावारीको समस्या पैदा गर्न सक्छ ।

हाइपरथायरायडिज्मका अन्य लक्षणहरूः

–भोक बढ्ने
–घबराहट, मन शान्त नहुने
–ध्यान एकाग्र गर्न असमर्थ हुने
–कमजोरी
–मुटुको धड्कन अनियमित हुने
–सुत्न कठिनाई हुने
–कपाल र नङ पालतो भएर टुट्ने
–कपाल झर्ने
–चिलाउने
–वाकवाकी र बान्ता हुने
–पुरुषहरूमा स्तनको विकास हुने

रिङ्गटा लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने तथा मुटुको धड्कन तेज भएमा तत्काल डाक्टरकोमा जान आवश्यक हुन्छ ।

jackson ribon