birat ribon

पहिलो पटक नाटक गर्दै स्वस्तिमा

Neuro
पहिलो पटक नाटक गर्दै स्वस्तिमा

विराटनगर । अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा अभिनय गर्ने भएकी छन् । उनले चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् ।

Padelux insider
cura insider

थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त प्रस्तुतीमा मञ्चन हुनेछ । २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको उपन्यास ‘पल्पसा क्याफे’ लाई चर्चित पत्रकार नारायण वाग्ले लेखेका हुन् ।

केही दिनअगाडि राजधानीमा पत्रकार सम्मेलन गरी सो उपन्यास नाटकको रूपमा मञ्चन हुने जानकारी गराइएको थियो । नाटकलाई विमल सुवेदीले निर्देशन गर्नेछन् । उपन्यासलाई केही परिमार्जित गरेर नाटकमा प्रस्तुत गर्न लागेको निर्देशक सुवेदी बताउँछन् ।

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा काम गर्न लागेका कारण उत्साहित र थ्रिल दुवै रहेको बताइन् । ‘पल्पसा’ पात्रलाई न्याय गर्न आफूले कडा मेहनत गरिरहेको उनी बताउँछिन् ।

कोरोनाको महामारी सामान्य भएपछि मञ्चन हुने नाटकमा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् । नाटकमा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको पनि अभिनय रहनेछ ।

jackson ribon