birat ribon

घरेलु मैदानमा अपराजित लिभरपुलको कीर्तिमानमा पूर्णविराम

Neuro
घरेलु मैदानमा अपराजित लिभरपुलको कीर्तिमानमा पूर्णविराम

विराटनगर । बर्नलीले लिभरपुलको घरेलु मैदानमा अपराजित रहने कीर्तिमानमा पूर्णविराम लगाइदिएको छ । बिहीबार राति इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत एन्फिल्डमा साँघुरो जित निकाल्दै बर्नलीले लिभरपुलको अपराजित यात्रा समाप्त गरिदिएको हो ।

Padelux insider
cura insider

प्रिमियर लिगमा साविक विजेता लिभरपुललाई बर्नलीले उसैको मैदानमा १–० गोलले हराएको थियो । गए राति एन्फिल्डमा बर्नलीलाई जिताउन अश्ले बर्नेसले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नेसले बर्नलीलाई जिताए ।

जितसँगै १६औं स्थानको बर्नलीले १८ खेलमा १९ अङ्क जोडेको छ । लिभरपुल भने ३४ अङ्कका साथ चौथो स्थानमा छ । उसले १९ खेल खेलेको छ ।

योर्गेन क्लोप नेतृत्त्वको लिभरपुल पछिल्ला ६८ खेलमा एन्फिल्डमा अपराजित रहेको थियो । अप्रिल २०१७ यता एन्फिल्डमा अपराजित रहँदै लिभरपुलले कीर्तिमान बनाएको थियो । त्यतिबेला ऊ क्रिस्टल प्यालेससँग हारेको थियो ।

त्यसयता अपराजित रहेको लिभरपुलको घरेलु मैदानको अपराजित यात्रामा बर्नली ब्रेक लगाइदिएको हो ।

jackson ribon