birat ribon

पुस मसान्तसम्म ५८ लाख राजश्व सङ्कलन

नियमित अनुगमनमा समस्या : प्रमुख झा

Neuro
पुस मसान्तसम्म ५८ लाख राजश्व सङ्कलननियमित अनुगमनमा समस्या : प्रमुख झा

मोहन ढकाल
विराटनगर । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले अनुगमनलाई तीव्रता दिन सकेको छैन । चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्म जम्मा ११ पटक एकल अनुगमन गरेको छ । त्यस्तै संयुक्त अनुगमन एक पटक गरेको छ । कार्यालयले पनि अनुगमनलाई तीव्रता दिन नसकेको स्वीकार्दै आएको छ ।

Padelux insider
cura insider

कर्मचारी अभावमा लक्ष्यअनुसार अनुगमन हुन नसकेको कार्यालय प्रमुख शम्भुकुमार झाले बताए । १२ वटा जिल्ला हेर्नुपर्ने भएकाले नियमित अनुगमन हुन सकेको उनले बताए । १६ जना दरवन्दी रहेपनि अहिले प्राविधिक चारजना, कार्यालय सहयोगी दुईजना र एकजना सवारी चालक मात्रै रहेको झाले बताए ।

यस कार्यालयमा विशेष गरेर प्राविधिकको काम भए पनि प्राविधिक काम गर्ने जम्मा चारजना मात्रै भएकाले नियमित काम गर्दै समय बित्ने भएकाले जसरी अनुगमन हुनुपर्ने त्यसरी अनुगमन हुन नसकेको कार्यालय प्रमुख झाको भनाइ छ ।

जनशक्तिको अभावमा अनुगमन गरिएको ठाउँमा समेत पुनः अनुगमन नहुँदा अनुगमनसमेत प्रभावकारी हुन सकेको छैन । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अनियमित नापतौल गर्ने साथै म्याद नागेर नवीकरण गराउने तीन सय ६३ जनालाई जरिवाना गराइएको प्रमुख झाले बताए । यो सङ्ख्या पुसमा मात्रै ८३ जना रहेका छन् ।

यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ सय १७ जनाको नापतौलका यन्त्रको जाँचपास गरेको उनले बताए । यस्तै एक सय ९८ जना नयाँ व्यापारीलाई अनुमतिपत्र वितरण गरेको छ । उक्त अवधिमा नियमित जाँच पास गराउनेको सङ्ख्या तीन सय ६३ जना रहेका छन् ।

यसैगरी कार्यालयले दुई सय ५८ थान पेट्रोल पम्पहरूमा नोजल जाँच गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ लाख छ हजार दुई सय ५५ रुपैयाँ राजश्व सङ्कलन गरेको झाले बताए ।

कुन महिनामा कति अनुगमन ?

साउन
चालु आर्थिक वर्षको पहिलो महिना अनुगमन शून्य छ । उक्त महिना २९ जना नयाँ व्यापारीलाई अनुमतिपत्र वितरण गरेको छ । यस्तै नियमित जाँचपास गराउनेको सङ्ख्या ७८ जना रहेका छन् । यस्तै म्याद नाघेर नवीकरण गराई जरिवाना हुनेको सङ्ख्या ८६ जना रहेका छन् । यस्तै एक सय ७५ जनाको नापतौलका यन्त्रको जाँच पास गरेको उल्लेख छ । सोही अवधिमा ८१ वटा पम्पहरूमा नोजल जाँच गरेको छ । साउनमा सात लाख १९ हजार पाँच सय ५६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कात्तिक

चालु आर्थिक वर्षको कात्तिक महिनामा २ पटक एकल अनुगमन भएको कार्यालयले जनाएको छ । उक्त महिना ३० जना नयाँ व्यापारीलाई अनुमतिपत्र वितरण गरेको छ । यस्तै नियमित जाँचपास गराउनेको सङ्ख्या ३६ जना रहेका छन् ।

यस्तै म्याद नाघेर नवीकरण गराई जरिवाना हुनेको सङ्ख्या २५ जना रहेका छन् । यस्तै ९१ जनाको नापतौलका यन्त्रको जाँच पास गरेको उल्लेख छ । सोही अवधिमा ४२ वटा पम्पहरूमा नोजल जाँच गरेको छ । कात्तिकमा नौ लाख ८९ हजार नौ सय ५७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

मङ्सिर

चालु आर्थिक वर्षको मङ्सिर महिनामा २ पटक एकल अनुगमन भएको छ । त्यस्तै एक पटक संयुक्त अनुगमन भएको कार्यालयले जनाएको छ । उक्त महिना ४३ जना नयाँ व्यापारीलाई अनुमतिपत्र वितरण गरेको छ । यस्तै नियमित जाँच पास गराउनेको सङ्ख्या ५४ जना रहेका छन् ।

यस्तै म्याद नाघेर नवीकरण गराई जरिवाना हुनेको सङ्ख्या ७७ जना रहेका छन् । यस्तै एक सय ७४ जनाको नापतौलका यन्त्रको जाँचपास गरेको उल्लेख छ । सोही अवधिमा ३५ वटा पम्पहरूमा नोजल जाँच गरेको छ । मङ्सिरमा ११ लाख ८९ हजार आठ सय ७८ रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

पुस

चालु आर्थिक वर्षको पुस महिनामा पनि दुई पटक एकल अनुगमन भएको छ । पुसमा ५८ जना नयाँ व्यापारीलाई अनुमतिपत्र वितरण गरेको छ । यस्तै नियमित जाँचपास गराउनेको सङ्ख्या ७१ जना रहेको छ । यस्तै म्याद नाघेर नवीकरण गराई जरिवाना हुनेको सङ्ख्या ८३ जना रहेका छन् ।

यस्तै दुई सय १२ जनाको नापतौलका यन्त्रको जाँचपास गरेको उल्लेख छ । सोही अवधिमा २७ थान पेट्रोल पम्पहरूमा नोजल जाँच गरेको छ । पुसमा छ लाख ३८ हजार तीन सय ६७ रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले भदौ र असोज महिनाको तथ्याङ्क भने उपलब्ध गराएको छैन ।

jackson ribon