birat ribon

काठमाडौंँमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता आउने दाबी

Neuro
काठमाडौंँमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता आउने दाबी

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै छ । शक्ती प्रदर्शनका लागि काठमाडौँ उपत्यकासँगै अन्य जिल्लाबाट कार्यकर्ता सहभागि हुनेछन् । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने प्रचण्ड– माधव समूहको दाबी छ ।

Padelux insider
cura insider

आज बिहान ११ बजे काठमाडौँ र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्ने कार्यक्रम छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने बताइएको छ ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

jackson ribon