birat ribon

स्वारेज चम्किँदा एथ्लेटिकोलाई सात अङ्कको अग्रता

Neuro
स्वारेज चम्किँदा एथ्लेटिकोलाई सात अङ्कको अग्रता

विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले १४औं जित दर्ता गरेको छ । बिहीबार आफ्नो १७औं खेल खेलेको एथ्लेटिकोले इएबरमाथि २–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

इएबरको मैदानमा एथ्लेटिकोलाई जिताउन दुवै गोल लुइस स्वारेजले गरे । इएबरका मार्को मित्रोभिकले एक गोल गरे ।

मित्रोभिकले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई बराबरीमा फर्काए ।

खेल सकिन मात्र एक मिनेट बाँकी छँदा एथ्लेटिकोले पेनाल्टीको मौका पाएको थियो । जसमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई २-१ गोलले जिताए ।

यस गोलसँगै स्वारेजले बार्सिलोनाका कप्तान तथा पूर्वसहकर्मी लियोनल मेस्सीको गोलसङ्ख्यासँग बराबरी गरेका छन् । उनले यस सिजन ला लिगामा ११ गोल गरेका छन् ।

यता, एथ्लेटिकोले जितसँगै सात अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको एथ्लेटिकोले ४४ अङ्क जोडेको छ । ऊभन्दा एक खेल बढी खेलेको रियल मड्रिड ३७ अङ्कसहित दोस्रो स्थानमा छ ।

पराजित इबर भने १९ अङ्कका साथ १५औं स्थानमा छ ।

jackson ribon