विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलमाथि बर्नलीले जित निकालेको छ । बिहीबार राति बर्नलीले लिभरपुललाई उसैको मैदानमा १–० गोलले हराएको हो ।
एन्फिल्डमा बर्नलीलाई जिताउन अश्ले बर्नेसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नेसले बर्नलीलाई जिताए ।
जितसँगै १६औं स्थानको बर्नली १८ खेलमा १९ अङ्क जोडेको छ । लिभरपुल भने ३४ अङ्कका साथ चौथो स्थानमा छ । उसले १९ खेल खेलेको छ ।
