birat ribon

स्याउको धेरै सेवनले तौल र रगतमा चिनीको मात्रा बढाउँछ

Neuro
स्याउको धेरै सेवनले तौल र रगतमा चिनीको मात्रा बढाउँछ

विराटनगर । दिनमा एउटा स्याउको सेवनले डाक्टरलाई टाढा राख्छ भन्ने भनाइ नै छ । भिटामिन सी, फाइबर र पोटासियमसहित पोषक तत्वले भरिएको स्याउले शरीरलाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउने गर्छ ।

Padelux insider
cura insider

तर, कुनै पनि राम्रो चीजको अत्याधिक सेवनले शरीरमा फाइदा गर्नुभन्दा पनि स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ । एक व्यक्तिले एक दिनमा एकदेखि दुई वटा स्याउको सेवन गर्न सक्छन् ।

यदि त्योभन्दा बढी स्याउको सेवनले शरीरमा साइड इफेक्ट, असहज हुने वा केही खतरनाक असर देखाउने हुन्छ । स्याउ अम्लीय हो । यसमा एसिडको मात्रा धेरै हुने हुँदा यसको धेरै सेवनले दाँतलाई बिगार्न सक्छ ।

फाइबरले पाचन स्वास्थ्यमा सुधार गर्छ तर, धेरै स्याउको सेवनले फाइबर पनि उच्च मात्रामा शरीरमा जाने हुँदा यसले पाचन प्रक्रियालाई बिगारेर पेट फुल्ने र कब्जियतको कारण बन्न सक्छ ।

स्याउमा चिनीको मात्रा पनि उच्च हुन्छ जुन पचाउन गाह्रो हुनसक्छ । लगातार पेट फुल्ने समस्या भएका तथा ग्यास्ट्रिक भइरहने व्यक्तिहरूको लागि स्याउ खान सिफारिस गरिँदैन । स्याउमा कार्बोहाइड्रेटको मात्रा पनि उच्च हुन्छ जसको सेवनले तत्काल ऊर्जा प्रदान गर्न सक्छ । तर, अत्याधिक कार्बको सेवनले शरीरको तौल बढाउन सक्छ ।

स्याउमा चिनी र कार्बस्को मात्रा धेरै हुने हुँदा अत्याधिक स्याउको सेवनले रगतमा चिनीको मात्रालाई बढाउन सक्छ । साथै, यसले इन्सुलिन संवेदनशीलता बिगार्न र मधुमेहको औषधिले काम गर्ने तरिकामा समेत हस्तक्षेप गर्न सक्छ ।

साधारणतया स्याउमा डिफेनिलामाइन नाकम किटनाशक पाइन्छ, यसको मतलब धेरै स्याउको सेवन गर्नाले विभिन्न रसायन शरीरभित्र पसेर प्रतिक्रिया गर्न सक्छ ।

jackson ribon