birat ribon

भिडियो भाइरल भएपछि मङ्गोलियाका प्रधानमन्त्री राजीनामा दिन बाध्य

Neuro
भिडियो भाइरल भएपछि मङ्गोलियाका प्रधानमन्त्री राजीनामा दिन बाध्य

विराटनगर । मङ्गोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।

Padelux insider
cura insider

उनको राजीनामा बिहीबार बेलुका नै संसद्ले पारित गरेको छ । संसदमा रहेका ७६ सांसदमध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए ।

एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोना भाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो भाइरल भएपछि सर्वत्र विरोध भएको थियो । विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन झन्– झन् चर्किँदै गएको थियो ।

आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेबारी मैले लिन्छु ।’

उनका विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो ।

राष्ट्रिय विपद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागिय जिम्मेवारीमा रहेका स्वास्थ्यमन्त्रीले भने प्रत्यक्ष जिम्मेवारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघिनै राजीनामा दिइसकेका छन् ।

त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन् । रासस

jackson ribon