birat ribon

संसद् पुनर्बहाली हुन्छ : माधव नेपाल

Neuro
संसद् पुनर्बहाली हुन्छ : माधव नेपाल

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्बहाली हुने विश्वास व्यक्त गरेका छन् ।

Padelux insider
cura insider

नेपाल–प्रचण्डको समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोध–सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे ।

उनले भने, ‘संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ । यो पुनःबहाली हुन्छ ।’

पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उदृत गर्दै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताए । रासस

jackson ribon