birat ribon

रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्दा चेक पिब्लिक फुटबलको आपत्ति

Neuro
रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्दा चेक पिब्लिक फुटबलको आपत्ति

विराटनगर । इटालियन सुपर कपको फाइनल खेलमा एक गोल गर्दै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बने । गए राति भएको नापोलीविरुद्धको खेलमा एक गोल गरेपछि युभेन्टसका फरवार्ड रोनाल्डो जोसेफ बिकानलाई उछिन्दै विश्वकै सर्वाधिक गोलकर्ता बनेका हुन् ।

Padelux insider
cura insider

युभेन्टसले बुधबार राति नापोलीलाई २–० गोलले हराउँदै इटालियन सुपर कपको उपाधि जितेको थियो । इटालीस्थित मापेइ स्टेडियममा भएको खेलमा युभेन्टसलाई उपाधि दिलाउन रोनाल्डो र अल्भारो मोरोटाले समान एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६४औं मिनेटमा रोनाल्डोले गोर्दै युभेन्टसलाई अग्रता दिलाए । रोनाल्डोले सोही गोलसँगै आफ्नो गोलसङ्ख्या सात सय ६० पुर्‍याए ।

रोनाल्डोले व्यवसायिक करिअर सुरु गरेको क्बल स्पोर्टिङबाट पाँच गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडबाट एक सय १८, रियल मड्रिडका लागि चार सय ५०, युभेन्टसका लागि ८५ र राष्ट्रिय टोलीमा एक सय दुई गोल गरेका छन् ।

यसअघि यो कीर्तिमान बिकानको नाममा थियो । सन् २००२ मा निधन भएका बिकानले रापिड भिएना, स्लाभिया प्रहालगायत पाँच क्लब र अष्ट्रिया तथा चेक रिपब्लिक गरी दुई देशबाट खेलेका थिए । उनले १९३१ देखि १९५५ सम्म फुटबल खेलेका थिए ।

बिकानले चार सय ९५ खेल खेल्दा सात सय ५९ आधिकारिक गोल गरेका थिए । उनले क्लब फुटबलमा ७३० र अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका थिए ।

तर, चेक रिपब्लिक फुटबल महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले बिकानले आठ सय २१ आधिकारिक गोल गरेको दाबी पनि गरेको छ । बिकानले वास्तवमा कति गोल गरेका छन् भन्ने कुराको तथ्याङ्क नै विवादास्पद छ ।

यता, ‘स्पोर्ट्स सकर तथ्याङ्क फाउन्डेसन (आरएसएसएसएफ) अनुसार बिकानले पाँच सय ३० खेलमा आठ सय पाँचभन्दा धेरै गोल गरेका छन् ।

jackson ribon