birat ribon

ओलीले आफ्ना आसेपासेबाहेक अरू कसैलाई पनि सुखी पार्न सकेनन् : नेता सिंह

Neuro
ओलीले आफ्ना आसेपासेबाहेक अरू कसैलाई पनि सुखी पार्न सकेनन् : नेता सिंह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ताबाहेक अरूलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् । संसद् विघटनको कदमविरुद्ध नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–११ ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिबद्धता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केही पनि दिन नसकेको उनको टिप्पणी छ ।

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानून अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद् विघटनको विशेषाधिकार संविधानमा नभएको बताए ।

संविधानअनुरूप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभास भएको उनको भनाइ छ ।

jackson ribon