birat ribon

टि–१० खेल्न पारस, करण र कुशल युएई प्रस्थान

Neuro
टि–१० खेल्न पारस, करण र कुशल युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी युएईमा आयोजना हुने टि–१० लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय टोलीका पूर्व–कप्तान पारस खड्का, बलर करण केसी र अलराउण्डर कुशल मल्ल बिहीबार साँझ युएई प्रस्थान गरेका हुन् ।

Padelux insider
cura insider

अर्का खेलाडी सोमपाल कामी भने यसअघि नै प्रस्थान गरिसकेका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा करण, कुशल र सोमपालले पहिलो पटक खेल्न अवसर पाएका हुन् ।

सोमपालले मराठा अरबियन्सबाट खेल्ने छन् । करण पुने डेभिल्सबाट र कुशल टिम आबुधाबीबाट खेल्ने छन् । टि–१० लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले यस अघि नै खेलिसकेका छन् ।

यो सिजनका लागि पारस टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् । जनवरी २८ देखि शेख जायद क्रिकेट रङ्गशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

jackson ribon