birat ribon

गङ्गामायाको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह

Neuro
गङ्गामायाको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह

काठमाडौं । गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।

Padelux insider
cura insider

बिहीबार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै गङ्गामायासँग यसअघि सरकारले गरेका सम्झौताको पालना गर्न सरकारसँग पुनःआग्रह गरेका हुन् ।

आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न अनशनरत अधिकारीलाई आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारीको स्वास्थ्यस्थितिका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

आयोगको वाग्मती प्रदेश कार्यालयले उहाँको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ । रासस

jackson ribon