birat ribon

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

Neuro
बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

पोखरा । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ ।

Padelux insider
cura insider

बन्द प्रशिक्षणका लागि टोली बिहीबार साँझ पोखरा आइपुगेको हो । टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेका छन् ।

टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् ।

विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ ।

jackson ribon