birat ribon

आइपिएलले मलाई धेरै कुरा दिएको छ : सन्दीप

Neuro
आइपिएलले मलाई धेरै कुरा दिएको छ : सन्दीप

काठमाडौं । इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सप्रति आभार व्यक्त गरेका छन् ।

Padelux insider
cura insider

बिहीबार सामाजिक सञ्जालमार्फत् सन्दीपले आइपिएलले धेरै कुरा दिएको बताउँदै दिल्ली क्यापिटल्सप्रति आभार प्रकट गरेका हुन् । आगामी संस्करणको आइपिएल सन्दीपलाई दिल्लीले फुकुवा गर्ने भएको छ ।

Image

लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आइपिएल खेल्ने बाटो खुलेको छ । सामाजिक सञ्जालमा सन्दीपले लेखेका छन्, ‘आईपिएलले मलाई धेरै कुरा दिएको छ । विशेषगरी दिल्ली क्यापिटल्सले । दिल्लीले मलाई विश्वास गरेर ब्रेक दिएको छ । दिल्ली क्यापिटल्स परिवारप्रति आभार प्रकट गर्छु । तीन वर्षे दिल्ली बसाइ सम्झनलायक छ ।’

आइपिएलको १३औं संस्करणमा सन्दीपलाई दिल्लीले कुनैपनि खेलमा मौका दिएको थिएन । दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनबाट भारु २० लाखमा अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले तीन खेल खेल्दै पाँच विकेट लिएका थिए भने २०१९ मा छ खेलमा आठ विकेट लिएका थिए ।

jackson ribon