birat ribon

हामीसँग देशलाई अघि बढाउने उज्यालो गन्तव्य छ : प्रधानमन्त्री ओली

Neuro
हामीसँग देशलाई अघि बढाउने उज्यालो गन्तव्य छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षाको निम्ति राजनीतिक लडाइँ लडिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी निकट प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

संविधान, गणतन्त्रको रक्षाको निम्ति राजनीतिक लडाइँ लडिरहेको बताउँदै उनले राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवालमा शान्तिपूर्ण र वैधानिक लोकतान्त्रिक विधिबाट अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरूसँग देशलाई अघि बढाउने उज्यालो तथा चम्किलो गन्तव्य भएको दाबी गरे । उनले संसदमा सांसद् किनबेच, दलहरूबीच लेनदेन तथा समीकरण परिवर्तनको श्रृङ्खला हुन लागेको बताए ।

आफूले वामपन्थी पार्टीहरू जोडेर मजबुद पार्टी बनाउने प्रयास गरिएको भएपनि त्यस्तो पार्टी बन्न नसकेको उनको भनाइ छ ।

jackson ribon