birat ribon

महिला लिग : विराटनगर र वालिङले बराबरी खेले

Neuro
महिला लिग : विराटनगर र वालिङले बराबरी खेले

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाले बराबरी खेलेका छन् ।

Padelux insider
cura insider

बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतिस्पर्धात्मक खेलमा वालिङले लिएको सुरुआती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अङ्क बाँडेको हो ।

वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो ।

विराटनगरकी आशा कुमारीले ६३औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन सङ्घर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन ।

विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपिएफ क्लबको सामना गर्नेछ ।

jackson ribon