birat ribon

लागूऔषधसहित एकजना पक्राउ

Neuro
लागूऔषधसहित एकजना पक्राउ

विराटनगर/विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकबाट सशस्त्र प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ बस्ने २२ वर्षीय आषिश परियार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Padelux insider
cura insider

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट रानीबाट खटिएको एपीएफ टोलीले परियारको साथमा लुपिजेसिक ७, डाइजाल्याव ८, फेनारगन ३ र एभी ८ वटा फेला परेको जनाएको छ । साथै सशस्त्रले उनको साथबाट एक थान एलईडी टिभीसमेत बरामद गरेको जनाएको छ ।

परियारलाई बरामद लागूऔषध तथा टिभीसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

jackson ribon