birat ribon

पिएम कप : पुलिसको दोस्रो जित, लुम्बिनी पराजित

Neuro
पिएम कप : पुलिसको दोस्रो जित, लुम्बिनी पराजित

काठमाडौं । काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७४ रनको जित निकालेको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पुलिसले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर खेल्दा सात विकेटको क्षतिमा दुई सय ३६ रनमै सीमित बन्यो ।

लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीलाई जिताउन सकेनन् ।

यस्तै देव खनालले ४९ रन बनाउँदा सन्दीप रजलीले ४० रन बनाए । कप्तान कृष्ण कार्कीले नटआउट ४० रन जोडे भने राजवीर सिंहले २४ रन बनाए ।

पुलिसका रशिद खान र पवन सरार्फले दुई–दुई विकेट लिए भने ललित राजवंशी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय दस रन बनाएको थियो ।

पुलिसका लागि सुनिल धमलाले एक सय चार रनको शतकीय इनिङ्स खेले । दीपेन्द्र सिंह ऐरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २९ रन बनाए ।

लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले समान एक–एक विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले तीन खेलमा ४ अङ्क जोडेको छ । लुम्बिनीले भने दुई खेलमा २ अङ्क जोडेको छ ।

jackson ribon