birat ribon

श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई पूर्व प्रधानमन्त्रीको फोन !

Neuro
श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई पूर्व प्रधानमन्त्रीको फोन !

विराटनगर/झापा विर्तामोडका डिल्लीराम श्रेष्ठ सवारी भाडामा लगाउने काम गर्छन् । सवारी भाडामा लगाउने उनलाई पछिल्लो समय गाडी खोज्नेभन्दा माननीयज्यू भन्दै फोन गर्नेको सङ्ख्या धेरै छ ।

Padelux insider
cura insider

फोन गर्ने क्रममा उनलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि फोन गरे । नेकपा विभाजनपछि उनलाई माननीयज्यू भन्दै फोन आउने क्रम बढेको हो । नयाँ नम्बरबाट फोन आउँदा उनी उठाउँथे । एक पटक फोनमा म माधवकुमार नेपाल बोलेको भन्दै फोन आएको उनले बताए ।

प्रदेश १ संसद सचिवालयले वेभसाइटमा झापाका प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको नम्बर भन्दै डिल्लीरामको नम्बर राखिदिएको छ । भूलबस राखिएको नम्बरले डिल्लीरामलाई हैरान बनाएको हो । ‘अलिक अगाडि माधवकुमार नेपालले पनि फोन गर्नु भयो,’ उनले भने, ‘माननीयज्यू भन्दै फोन आइरहेका छन् । रङ नम्बर भन्दै जवाफ फर्काउँछु ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएयता उनलाई फोन आउने क्रम बढेको थियो । मैनालीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रचण्ड–माधव समूहका उनी ओली समूहमा लाग्दै आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिएपछि डिल्लीरामलाई आउने फोन पनि कम भएको छ । ‘अलिक अघिसम्म त धेरैले फोन गरे,’ उनले भने, ‘अहिले अलिक कम छ ।’

प्रदेश १ को संसद सचिवालयको वेवसाइटमा सांसद मैनालीको मोबाइल नम्बर ९८५२६७२७३९ भनी राखिएको छ । तर सो नम्बर भने डिल्लीरामको हो ।

jackson ribon