birat ribon

पाँच हजार ३० पिसिआर परीक्षण, तीन सय ३६ जनाको पोजेटिभ

Neuro
पाँच हजार ३० पिसिआर परीक्षण, तीन सय ३६ जनाको पोजेटिभ

विराटनगर । बिहीबार देशभर थप तीन सय ३६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३० पिसिआर परीक्षण गर्दा तीन सय ३६ जनामा पोजेटिभ देखिएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार छ सय ४६ पुगेको छ ।

नेपालमा आज थप दुई सय २६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार आठ सय ६८ पुगेको छ ।

हाल तीन हजार सात सय ९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप चार जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ७९ पुगेको छ ।

jackson ribon