birat ribon

हामी पेरिस डाँडामा कालो झन्डा फहराउनेवाला होइनौँ : ओली

पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति

Neuro
हामी पेरिस डाँडामा कालो झन्डा फहराउनेवाला होइनौँ : ओलीपत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपालसमूहले देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी निकट प्रेस सङ्गठन नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

Padelux insider
cura insider

दाहाल–नेपालसमूहतर्फ प्रहार गर्दै ओलीले भने, ‘हामी रातो झन्डा फहराउनेवाला हौं । पेरिसडाँडमा जस्तो कालो झन्डा फहराउने होइनौं । हामी रातो र उज्यालो भविष्यतर्फको हौँ, अन्धकारतर्फ अनिश्चततर्फको होइनौँ ।’

यसैगरी उनले पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन् । नेपाली पत्रकारले आफ्नो सभ्यता भुलेर ‘तिमी’ शब्द प्रयोग गर्ने गरेको बताउँदै उनले भने, ‘हाम्रो सभ्यतमाथि हमला भइरहेको छ । तपाईंहरू पनि कति होसियारीसाथ कति बेहोसी साथ, लेख्नुप¥यो भने, अङ्ग्रेजी ‘यू’ को अनुवाद तिमी लेख्नुहुन्छ । तपाईंहरु आफ्नो बा, आमा हजुरआमा, हजुरबाहरूका बारेमा लेख्नुप¥यो भने तपाईं भन्नुहुन्छ जस्तो लाग्दैन तिमी भन्नुहुन्छ सबैलाई ।’

नेपाली पत्रकारले अङ्ग्रेजहरुको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खाजेको ओलीको दाबी छ ।

jackson ribon