birat ribon

मेस्सीविनाको बार्सिलोनालाई सि डिभिजन क्लबको चुनौती

Neuro
मेस्सीविनाको बार्सिलोनालाई सि डिभिजन क्लबको चुनौती

विराटनगर । स्पेनिस कोपा डेल रेमा आज सर्वाधिक धेरै पटकको विजेता बार्सिलोनाले सि डिभिजन क्लब कोर्नेलासँग खेल्दैछ ।

अन्तिम ३२ को खेलअन्तर्गत बार्सिलोना र कोर्नेलाबीचको खेल नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

cura insider

कोर्नेलाको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा छन् । बार्सिलोना कोपा डेल रेमा सर्वाधिक सफल टोली हो । उसले ३० पटक उपाधि उचालिसकेको छ ।

यस खेलमा बार्सिलोना लियोनल मेस्सीविना नै मैदान उत्रिँदैछ । स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाएका मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

उनले कोर्नेला र ला लिगाअन्तर्गत इल्चेसँगकाे खेल गुमाउने छन् ।

आजै हुने अर्को खेलमा एथ्लेटिक क्लबले इबिजासँग खेल्दैछ । यो खेल राति ११ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon