birat ribon

सङ्क्रमणबाट निको भएका आठमध्ये एकको चार महिनाभित्र मृत्यु : अध्ययन

Neuro
सङ्क्रमणबाट निको भएका आठमध्ये एकको चार महिनाभित्र मृत्यु : अध्ययन

विराटनगर/कोभिडको सङ्क्रमण भएको निको भएका आठमध्ये एक जनाको मृत्यु चार महिनाभित्र हुने अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

लेसेस्टर विश्वविद्यालय र राष्ट्रिय स्ट्याटिस्टिक कार्यालय (ओएनएस) द्वारा गरिएको अध्ययनले कोभिडको सङ्क्रमण भएको निको भएका आठमध्ये एक जनाको मृत्यु एक सय ४० दिनभित्र हुने देखाएको हो । अध्ययनमा देखिएअनुसार ४७ हजारभन्दा बढी निको भएर घर फर्केका मानिसमध्ये २९.४ प्रतिशतमा कुनै न कुनै स्वास्थ्य समस्याका कारण फेरि अस्पताल भर्ने हुनुपरेको थियो ।

तीमध्ये १२.३ प्रतिशतको अवस्था गम्भीर भएका कारण मृत्यु भयो । उक्त अध्ययनका लेखक प्राध्यापक कमलेश खुन्तीले मानिस घर जान्छन्, उनीहरूमा कोभिडको दीर्घकालीन प्रभाव भइरहेको बताएका छन् । जसकारण उनीहरू फर्केर अस्पताल आइरहेका छन् र तीमध्ये धेरैको मृत्यु भइरहेको छ ।

कोभिडबाट निको भइसके पनि सास फेर्न गाह्रो हुने, थकान, गन्ध र स्वाद हराउने, मांशपेशी र जोर्नीको दुखाइ, छातीको दुखाइ दीर्घ कोभिडबाट पीडित भएकामा धेरै देखिएको छ । तर, अध्ययनका अनुसार कोभिडको दीर्घकालीन प्रभावले निको भएकामा हृदय समस्या, मधुमेह, कलेजो र किड्नीको समस्या विकास गर्न सक्छ ।

साथै, निको भएको केही हप्ता वा केही महिनापछि ७० वर्षभन्दा कम उमेरका व्यक्तिमा फोक्सो, मुटु, मृगौला, कलेजोको समस्याका साथै मधुमेहको समस्या पनि देखापरेको छ ।

jackson ribon