birat ribon

महिला लिग : एपिएफको आधा दर्जन गोल, सावित्राको ह्याट्रिक

Neuro
महिला लिग : एपिएफको आधा दर्जन गोल, सावित्राको ह्याट्रिक

काठमाडौं । बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता तथा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले शानदार सुरुआत गरेको छ ।

cura insider

बिहीबार भएको खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलान्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरिन् भने कप्तान अनिता बस्नेत, अञ्जलीकुमारी योन्जन र प्रीति राईले एक–एक गोल गरिन् ।

खेलकाे १४औँ मिनेटमा पहिलाे गाेल गरेकी सावित्राले ६३औँ र ७३औँ मिनेटमा थप गाेल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

जितसँगै एपिएफले तीन अङ्क जोडेको छ ।

jackson ribon