birat ribon

रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता

Neuro
रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता

विराटनगर । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बनेका छन् । इटालियन सुपर कपको फाइनल खेलमा एक गोल गरेका युभेन्टसका फरवार्ड रोनाल्डो जोसेफ बिकानलाई उछिन्दै विश्वकै सर्वाधिक गोलकर्ता बनेका हुन् ।

cura insider

युभेन्टसले बुधबार राति नापोलीलाई २–० गोलले हराउँदै इटालियन सुपर कपको उपाधि जितेको थियो । इटालीस्थित मापेइ स्टेडियममा भएको खेलमा युभेन्टसलाई उपाधि दिलाउन रोनाल्डो र अल्भारो मोरोटाले समान एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६४औं मिनेटमा रोनाल्डोले गोर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा मोरोटाले गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बनेको हो ।

यससँगै युभेन्टसले सिजनको पहिलो उपाधि जितेको छ । त्यस्तै ऊ कीतिमानी नवौ पटक इटालियन सुपर कपको विजेता बनेको छ ।

यता, नापोलीविरुद्ध एक गोल गरेका रोनाल्डोले सोही गोलसँगै आफ्नो गोलसङ्ख्या सात सय ६० पुर्‍याए । रोनाल्डोले व्यवसायिक करिअर सुरु गरेको क्बल स्पोर्टिङबाट पाँच गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडबाट एक सय १८, रियल मड्रिडका लागि चार सय ५०, युभेन्टसका लागि ८५ र राष्ट्रिय टोलीमा एक सय दुई गोल गरेका छन् ।

यसअघि यो कीर्तिमान बिकानको नाममा थियो । सन् २००२ मा निधन भएका बिकानले रापिड भिएना, स्लाभिया प्रहालगायत पाँच क्लब र अष्ट्रिया तथा चेक रिपब्लिक गरी दुई देशबाट खेलेका थिए । उनले १९३१ देखि १९५५ सम्म फुटबल खेलेका थिए ।

बिकानले चार सय ९५ खेल खेल्दा सात सय ५९ आधिकारिक गोल गरेका थिए । उनले क्लब फुटबलमा ७३० र अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका थिए ।

jackson ribon