birat ribon

कालो हुँदै गएको ओठलाई यसरी हेरचाह गर्न सकिने

Neuro
कालो हुँदै गएको ओठलाई यसरी हेरचाह गर्न सकिने

विराटनगर/स्किन केयरको कुरा आउँदा, मानिसले ओठको हेरचाहलाई बेवास्ता गर्ने गर्छन् ।

Padelux insider
cura insider

जसकारण ओठको रङ गुलाबी नभई गाढा र कामो हुँदै जान्छ । ओठको कालोपन लुकाउनका लागि महिलाहरूले लिपिस्टिकको प्रयोग गर्ने गर्छन् । तर, यस्ता सामग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जाने गर्छ । त्यसैले, ओठको कालोपनलाई हटाउनका लागि ध्यान दिन जरुरी हुन्छ ।

बढ्दो उमेर, सूर्यको किरणलगायत केही कारणले ओठमा समस्या पैदा गर्न सक्छ र समयको साथ यसलाई कालो बनाउँदै लान सक्छ । ओठमा छालाको पातलो तहमात्र हुने हुनाले ओठको मोइस्चर छिट्टै र सजिलैसँग गुम्न सक्छ । सुख्खा र फुटेको ओठले पनि ओठको रङलाई बिगार्न र कालो पार्न सक्छ ।

सुक्खा र फुटेको ओठबाट छुटकारा पाउन, मृत छाला हटाउन र ओठलाई स्वस्थ राख्नका लागि नियमित एक्स्फोलिएट र हाइड्रेट गर्नु महत्वपूर्ण हुन्छ । ओठलाई एक्स्फोलिएट वा स्क्रब गर्नका लागि चिनीको पनि प्रयोग गर्न सकिन्छ । ओठलाई पोषण दिनका लागि राम्रो लिप बाम लगाउनु पर्ने हुन्छ ।

ओठ कालो वा गाढा हुनु नियमित धुम्रपानको कारणले हुन सक्छ । एकचोटि सिगरेटको धुँवा तानिसकेपछि ओठमा निकोटिन र टार ट्रान्सफर हुन्छ जसले अन्ततः ओठको रङमा परिवर्तन निम्त्याउँछ । छाला जस्तै, ओठलाई पनि घामको किरणले हानी पुग्ने वा घामले ओठ डढ्न गई कालो हुन सक्छ । त्यसैले, घामको हानिकारक युभी किरणबाट आफ्नो ओठको रक्षा गर्नु पर्छ ।

यसका लागि घरबाट बाहिर जानुअघि ३० इसपीएफ भएको लिप बाम प्रयोग गर्नुपर्छ । साथै, मइस्चराइजरदेखि एक्सफोलिएसनसम्म स्किन केयरको रुटिनमा ओठलाई पनि समावेश गर्नुपर्ने हुन्छ । आफ्नो ओठको राम्रो हेरचाह र पहिला समस्या भए सुधार गर्न, हरेक रात बदामको तेलले मालिस गर्न सकिन्छ । नियमित मालिस गर्नाले रगत प्रवाह नियमित हुन्छ र ओठलाई राम्रो र गुलाबी राख्न मद्दत गर्छ ।

jackson ribon