birat ribon

एपीएफको दोस्रो जित, गण्डकी पराजित

Neuro
एपीएफको दोस्रो जित, गण्डकी पराजित

काठमाडौं/ काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशमाथि छ विकेटको जित निकालेको हो ।

cura insider

मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपिएफले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

एपिएफलाई जिताउन आसिफ शेखले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा सुमित महर्जनले १८ रन तथा शरद भेषवाकर ५ रन जोडे ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय छ रन बनाएको थियो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाउँदा विष्णु पाण्डे र दिपेश खत्रीले १५–१५ रन जोडे । दिनेश बुढामगरले १२ रन बनाए ।

एपिएफका कमल ऐरीले चार विकेट लिए भने अविनाष बोहोरा र शरद भेषवाकरले समान दुई–दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’ को एपिएफले दुई खेलबाट चार अङ्क जोडेको छ । उसले यसअघि प्रदेश १ लाई हराएको थियो ।

गण्डकीको भने यो तेस्रो हार हो ।

jackson ribon