birat ribon

चम्चाले भन्दा हातले खानु फाइदाजनक

Neuro
चम्चाले भन्दा हातले खानु फाइदाजनक

विराटनगर/हालको समयमा धेरैजसो मानिसहरूले हातले भन्दा पनि चम्चाले खाना खाने गर्छन् ।

Padelux insider
cura insider

तर, चम्चाले भन्दा पनि हातले खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आयुर्वेदका अनुसार सीधै हातले खाना खानु पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । हातले खाना खाँदा हामी हात धुने तथा हातको सरसफाइमा विशेष ध्यान दिन्छौँ । जबकि चम्चाले खाना खाँदा ब्याक्टेरियाहरूको उपस्थिति बढी हुने सम्भावना भएको चम्चाको प्रयोग गरिरहेको हुन सक्छ ।

खाना खाने क्रममा हातले खाना छुनेबित्तिकै खाना तातो छ भन्ने कुरा थाहा हुने हुँदा हातले खाना खाँदा मुख पोल्नबाट बच्न सकिन्छ । तर, चम्चाले खाना खाने गर्दा खानाको तापक्रम चम्चासँगै बद्लिने हुँदा खाना तातो भएको थाहा हुँदैन र मुख पोल्छ । हातले खाना खाँदा हातका औँला आपसमा मिलेर मुद्रा बन्छ, जसले शरीरमा विशेष प्रकारको ऊर्जा उत्पन्न गराउँछ ।

हातले खाना खाँदा हात, मुख, पेट, आन्द्रा तथा मस्तिष्कबीच एक मजबुत सम्बन्ध बन्छ जसले गर्दा खाएको खाना सजिलैसँग पच्ने गर्छ । तर, चम्चाले खाना खाँदा भने यो लाभ प्राप्त हुँदैन । हातले खाना खाँदा थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन सकिन्छ । तर, काँटा चम्चाले राम्ररी मिसाउन नसक्ने त्यो काम पेटले गर्नु पर्ने हुन्छ ।

पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम भई पाचन प्रक्रिया सन्तुलित हुन्छ जसकारण, कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम भएर जान्छ । चम्चाले खाना खाँदा पेट नभरेको तथा खान नपुगेको जस्तो पनि महसुस हुन्छ । हातले खाँदा पेट राम्रोसँग भरिने हुँदा मनमा तृप्ति मिल्नेछ जसले तौल बढाउन मद्दत पुग्छ ।

jackson ribon