birat ribon

खोप लगाएपछि गर्न हुने र गर्न नहुने केही काम

Neuro
खोप लगाएपछि गर्न हुने र गर्न नहुने केही काम

विराटनगर/विश्वभरि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू भइसकेपछि लाखौँको सङ्ख्यामा मानिसले खोप पाइसकेका छन् ।

Padelux insider
cura insider

हालको समयमा खोप, हर्ड इम्युमिटी प्राप्त गर्ने राम्रो तरिका हो र यसले हामीलाई केही सामान्य जीवनमा फर्कन सक्ने अवसर प्रदान गर्छ । तर, हामीले प्रयोग गरिरहेका खोप अझै पनि प्रयोगात्मक छन् जसकारण खोपले पूर्ण रुपमा महामारीको अन्त्य गर्ने ग्यारेन्टी राख्दैन । जसकारण, कोभिड अगाडि जस्तो जीवन सुरु गर्नु यति सजिलो हुँदैन ।

खोप लगाएपछि मानिसको शरीरमा हुने प्रतिरक्षा प्रणाली भाइरसविरुद्ध लड्न सक्षम हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढ्छ जसकारण रोग लाग्नबाट बच्न सकिन्छ । खोप लगाएका मानिसमा अब सङ्क्रमण हुँदैन भन्ने सोच्ने हुँदा मास्क, सामाजिक दुरीलगायतका अभ्यास त्याग्ने गर्छन् । जुन अहिलेको समयमा गरिने सबैभन्दा ठूलो गल्ती हो ।

खोपले सङ्क्रमण हुन नदिन केही हदसम्म मात्र काम गर्छ । भाइरसबाट पुनः सङ्क्रमित हुन सकिने तथ्यलाई नकार्न सकिँदैन । खोप लगाएको १४ देखि २८ दिनपछि मात्र सुरक्षा प्रदान गर्छ र सबै मानिसले खोप पाउन एक वर्षभन्दा बढी लाग्न सक्छ । यसको मतलब धेरै मानिस अझै पनि सङ्क्रमणको जोखिममा हुन्छन् ।

भाइरससँग आफैँ प्रतिरक्षा भएका मानिसले समेत अरूमा भाइरस सार्न सक्छ । खोप लगाएका मानिस पनि भाइरसको एसिम्प्टोमेटिक क्यारियर हुन सक्छ । लक्षण नदेखिए पनि मानिसको नाकमा भाइरस हुन्छ र यदि तिनीहरूले बोल्दा, सास फेर्दा, हाच्छ्युँ गर्दा वा खोक्दा अझै भाइरस अरूलाई सार्न सक्छन् । साथै खोप नलिएका र लिन नमिल्ने मानिस पनि हुन्छन् ।

जसकारण खोप लगाएपछि पनि पहिला जस्तै मास्क, सामाजिक दुरी, सरसफाइलगायतका अभ्यासमा ध्यान दिनु आवश्यक हुन्छ । खोपले शरीरमा भाइरसको फैलावटलाई रोक्नका लागि मात्र काम गर्छ, र प्रसारण जोखिमलाई नघटाउने हुँदा भिडभाड भएको ठाउँमा पनि केही समय जानु उचित हुँदैन ।

खोपको दुबै डोज पाइसकेपछि सुरक्षित रूपमा सावधानीका उपाय अपनाएर कोभिड सङ्क्रमित भएका व्यक्तिको हेरचाह गर्न सकिन्छ । यही कारण फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, डाक्टर र आवश्यक स्टाफलाई खोप अभियानमा प्राथमिकतामा राखिएको छ । खोपले आफ्नो काम गर्नका लागि एक मजबुत र स्वस्थ प्रतिरक्षा प्रणाली चाहिन्छ ।

जसकारण विशेषज्ञहरूले केही समयका लागि रक्सीसहित प्रतिरक्षा प्रणाली कमजोर गर्न सक्ने केही चिजको सेवन नगर्न सुझाव दिएका छन् । विज्ञका अनुसार मानिसहरुले खोप लगाएको कम्तिमा ४५ दिनसम्म रक्सीको सेवन गर्नु हुँदैन ।

jackson ribon