birat ribon

बेलायतमा देखा परेको भनिने भाइरसको नयाँ प्रकार दुई महिनाअघि नै अमेरिकामा

Neuro
बेलायतमा देखा परेको भनिने भाइरसको नयाँ प्रकार दुई महिनाअघि नै अमेरिकामा

विराटनगर/कोरोना भाइरसको नयाँ संस्करण बेलायतमा नभई पहिलोपटक अमेरिकामा देखा परेको अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

पहिलेको तुलनामा अत्यधिक सङ्क्रामक रहेको नयाँ स्ट्रेन डिसेम्बरको मध्यमा देखाएसँगै बेलायतका स्वास्थ्य अधिकारीले चिन्ता जनाएका थिए । तर, बेलायतमा देखिएको भन्दा झन्डै छ हप्ताअघि अमेरिकामा उक्त स्ट्रेन देखा परेको एरिजोना विश्वविद्यालयका अन्वेषकले जनाएका हुन् ।

अध्ययनमा उल्लेख गरिएअनुसार बी११७ भनेर चिनिने स्ट्रेन ६ नोभेम्बरमा क्यालिफोर्निया र २३ नोभेम्बरसम्म फ्लोरिडामा देखा परेको हो । पहिलो पटक भाइरसको नयाँ स्ट्रेन पत्ता लगाएको मितिभन्दा पनि अमेरिकामा लगभग दुई महिनादेखि नै भाइरस प्रसारित भएको हुन सक्ने अन्वेषकहरूको भनाइ छ ।

हालसम्म क्यालिफोर्नियाका ०.४ प्रतिशत र फ्लोरिडाका ०.७ प्रतिशत मानिस नयाँ स्ट्रेनबाट सङ्क्रमित भएको बताइएको छ । बेलायतमा देखिएको भाइरसको नयाँ संस्करण पहिलो पटक सेप्टेम्बरमा इङ्गल्यान्डको केन्टमा देखा परेको थियो । र, स्वास्थ्य अधिकारीले डिसेम्बरको मध्यमा नयाँ स्ट्रेनको विषयमा चेतावनी दिएका थिए ।

भाइरसमा आएको परिवर्तनले यसलाई मानिसमा छिटो फैलाउने हुँदा नयाँ स्ट्रेन पहिलेको तुलनामा ७० प्रतिशत बढी सङ्क्रामक भएको पाइएको छ । र, नयाँ स्ट्रेन हाल बेलायतमा देखापरेको सङ्क्रमणको ६० प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको ठानिएको छ ।

jackson ribon