birat ribon

स्मार्टवाचले कोरोना सङ्क्रमणको प्रारम्भिक सङ्केत पहिचान गर्न सक्ने

Neuro
स्मार्टवाचले कोरोना सङ्क्रमणको प्रारम्भिक सङ्केत पहिचान गर्न सक्ने

विराटनगर/स्मार्टवाचले कोभिडको प्रारम्भिक सङ्केत पहिचान गर्न सक्ने अध्ययनले पत्ता लगाएको छ ।

cura insider

न्यू यर्कको माउन्ट सिनाइका अन्वेषकहरूले गरेको अध्ययनअनुसार स्मार्टवाचले प्रयोगकर्ताको मुटुको धड्कनमा हुने सानो परिवर्तनसमेत पत्ता लगाउन सक्छ । जसले सङ्क्रमण भएर लक्षण देखाउनु एक हप्ताअघि नै शरीरमा कोरोना भाइरस भएको सङ्केत दिन सक्छ । अध्ययनमा क्रममा माउन्ट सिनाइका तीन सय अन्वेषकले गत अप्रिल २९ र सेप्टेम्बर २९ को बीचमा स्मार्टवाचको प्रयोग गरेका थिए ।

जसमा सहभागीहरूले आफ्नो मुटुको दरमा हुने परिवर्तन मापन गरेका थिए । अध्ययनका अनुसार कोभिड सङ्क्रमित भएका मानिसमा अन्यको तुलनामा मुटुको दरमा परिवर्तन हुने देखिएको थियो । अध्ययनका लेखक तथा अस्पतालका सहायक प्राध्यापक रोब हर्टेनका अनुसार कुनै लक्षण देखाउनु वा परीक्षण गर्नु सात दिनअगाडि नै सङ्क्रमित भएको देखाउन सक्छ ।

शरीरमा इन्फ्लामेसन (सुजन)को विकास हुनासाथ मुटुको दर परिवर्तन हुन्छ, र कोभिडले पनि शरीरमा इन्फ्लामेसन बढाउने गर्छ । अध्ययनको लक्ष्य उपकरणको प्रयोग गरेर सङ्क्रमणको समयमा वा व्यक्तिले आफू बिरामी भएको थाहा हुनुअघि सङ्क्रमणको पहिचान गर्न थियो । र, यसले मानिसलाई आफू सङ्क्रमित भएको पहिले नै अनुमान गर्न मद्दत पुग्छ ।

स्मार्टवाच स्वास्थ्य अनुगमन उपकरणको रूपमा बढ्दो प्रभावकारी छन्, भर्खरको मोडलहरूले रगतमा अक्सिजन स्तर मापन गर्न सक्ने जस्ता फङ्सन हुन्छ । र, रगतमा अक्सिजन स्तर घट्नु पनि कोभिड सङ्क्रमण भएको हुनसक्ने एक उपयोगी सङ्केत हुन सक्छ ।

jackson ribon