birat ribon

कन्दमुलको सेवनले रगतमा चिनी बढाउने भ्रम

मधुमेहका बिरामीले के गर्ने ?

Neuro
कन्दमुलको सेवनले रगतमा चिनी बढाउने भ्रममधुमेहका बिरामीले के गर्ने ?
ओमप्रकाश साह
आहारविद् तथा पोषण विशेषज्ञ

विराटनगर/मधुमेह भएका वा मधुमेहको जोखिम भएका मानिसले आफ्नो खानपानमा अन्यको तुलनामा अत्यधिक सावधानी अपनाउनु पर्ने हुन्छ ।

मधुमेह भएका बिरामीलाई धेरैले खानपानका विषयमा (खान हुने र खान नहुने खाना) विभिन्न सल्लाह सुझाव दिइरहेका हुन्छन् । समाजमा मधुमेह रोगीले आलु, पिँडालु, सुठुनी, तरुल, सिमल–तरुल जस्ता कन्दमुलको सेवन गरेमा रगतमा चिनीको मात्रा अत्यधिक बढ्न जाने मान्यता वा भ्रम छ ।

cura insider

मधुमेह रोगी व्यक्तिका लागि विभिन्न खानेकुरा खान नमिल्ने होइन । तर, दैनिक खानामा कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्न जरुरी हुन्छ ।

खानामा हुने जिआईको मात्रा बुझ्न जरुरी

मधुमेह (डाइबिटिज) रगतमा ग्लुकोज (एक प्रकारको चिनी) को मात्रा सामान्यभन्दा धेरै हुने अवस्थालाई भनिन्छ । कुनैमा कम वा कुनैमा धेरै गरी हामीले खाने धेरैजसो खानामा कार्बोहाइड्रेट हुन्छ । रगतमा चिनीको मात्रा बढ्ने वा घट्ने खानामा हुने कार्बोहाइड्रेटको मात्रामा मात्र नभई उक्त खानालाई पचाउनका लागि चाहिने समयमा पनि निर्भर हुन्छ ।

बढी मात्रामा कार्बोहाइडेट भएको र छिटो पचाउन सकिने खानाको सेवनले रगतमा छिटो र ह्वात्तै चिनीको मात्रालाई बढाउँछ । कार्बोहाइड्रेट कम भएको खाना पचाउन बढी समय लाग्छ । कम भएको खानाले रगतमा चिनीको मात्रालाई छिटो बढ्न दिँदैन ।

बढी मात्रामा कार्बोहाइडेट भएको र छिटो पचाउन सकिने खानाको सेवनले रगतमा छिटो र ह्वात्तै चिनीको मात्रालाई बढाउँछ । कार्बोहाइड्रेट कम भएको खाना पचाउन बढी समय लाग्छ । कम भएको खानाले रगतमा चिनीको मात्रालाई छिटो बढ्न दिँदैन ।

कुन खानाले छिटो वा ढिलो समयमा रगतमा चिनीको मात्रा बढाउँछ भन्ने बुझ्नका लागि खानालाई त्यसको ग्याइसेमिक इन्डेक्स (जिआई) को आधारमा छुट्याउन सकिन्छ । जुन खानामा कार्बाेहाइडेटको मात्रा (जिआई) कम हुन्छ त्यो खानाले रगतमा ढिलो र कम मात्रामा चिनी रिलिज गर्छ । जिआई बढी भएको खानाले छिटो र बढी मात्रामा रगतमा चिनीको मात्रा रिलिज गर्छ ।

खानामा ७० वा सोभन्दा बढी जिआई भएमा यसलाई अत्यधिक (हाई) जिआईयुक्त खाना भएको मानिन्छ भने, ५९ देखि ६९ को बीचमा रहे यसलाई मध्यम (मोडरेट) जिआई र ५५ भन्दा कम भए यसलाई कम (लो) जिआई भएको खाना मानिन्छ ।

हामीले खाने आलुको जिआई करिब ७४, पिँडालुको ६०, सुठुनीको जिआई ६१, तरुलको ४०–४५ हुन्छ । जिआईको तथ्याङ्कलाई हेर्दा कन्दमुल र अन्य भूमिगत फल र तरकारीको सेवनले रगतमा चिनीको मात्रा बढाउने देखिन्छ । जसकारण मधुमेहका बिरामीले कन्दमुल र भूमिगत फल तथा तरकारीको सेवन गर्न नहुने विषय केही मात्रामा मिल्छ ।

तर, दैनिकजसो खाइने भातको जिआई ७० देखि ७५, ब्राउन राइसको ६५ देखि ७० र गहुँको आँटाको रोटीको जिआई पनि ७० सम्म हुन्छ । जुन कन्दमुल वा भूमिगत फल तथा तरकारीको जिआईसँग लगभग मिल्न जान्छ । यसको अर्थ, एउटा रोटी, वा आधा कचौरा भात वा ठूलो भए एउटा र सानो भए दुईटा आलुको सेवन गर्दा रगतमा चिनीको मात्रा उस्तै हुन्छ ।

मधुमेह रोगीले रोटीको सेवन गर्न मिल्छ भने त्यसकै साटो कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्दै मध्यम आकारकै आलु वा अन्य कन्दमुलको सेवन गर्न मिल्छ । कार्बोहाइड्रेटको मात्रालाई मिलाएर खाएको खण्डमा कन्दमुल वा अन्य भूमिगत फल तथा तरकारीको सेवन मधुमेहपीडितका लागि समाजमा फैलिएको भ्रम वा सोचेजस्तो हानिकारक हुँदैन ।

मधुमेह बिरामीले सुन्तुलित तरिकाले खाना खानुपर्ने हुन्छ । मधुमेह रोगीले खाना खाँदा आफ्नो थालको दुई भाग सागसब्जी, एक भागमा अन्न (भात–रोटी लगायत) वा कन्दमुल र बाँकीको एक भाग दाल तथा गेडागुडी समावेश गरिएको हुनुपर्छ ।

मिश्रण गर्दा सुगर बढ्दैन

मधुमेहका बिरामीले खाना खाँदा खानामा हाई जिआई भएको र कम जिआई भएको (हरियो सागसब्जी तथा सलाद)लाई मिसाएर सेवन गरेमा हाम्रो शरीरले उक्त खानालाई बिस्तारै पचाउने हुन्छ । जसकारण रगतमा चिनीको मात्रा पनि बिस्तारै रिलिज हुने गर्छ । यसरी सबै मिश्रण गरेर खाएको खानाको जिआई स्वतः घट्न जान्छ । र, रगतमा चिनीको मात्रा ह्वात्तै बढ्न पाउँदैन ।

मधुमेह बिरामीले सुन्तुलित तरिकाले खाना खानुपर्ने हुन्छ । मधुमेह रोगीले खाना खाँदा आफ्नो थालको दुई भाग सागसब्जी, एक भागमा अन्न (भात–रोटी लगायत) वा कन्दमुल र बाँकीको एक भाग दाल तथा गेडागुडी समावेश गरिएको हुनुपर्छ । यो खाना सँगसँगै सलादको सेवन गरेमा खाएको सम्पूर्ण खानाको जिआई कम हुन्छ र खाना खाएपछि रगतमा एकैपटक चिनीको मात्रा बढ्दैन ।

विशेषज्ञसँग सल्लाह

मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि सँगसँगै नियमितता गर्नुपर्छ जसले रगतमा चिनीको मात्रालाई सन्तुलन राख्न सहयोग पु¥याउँछ । स्वस्थ खानाको योजना बनाउँदा, सबै कार्बोहाइड्रेटलाई खानाबाट हटाउनभन्दा पनि अस्वस्थ स्टार्चलाई हटाएर स्वस्थ स्टार्चलाई खानामा समावेश गर्नु पर्ने कुरा ध्यान दिन जरुरी हुन्छ ।

कुन खाना कति मात्रामा खाने वा खानामा हुने जिआईको मात्रा सबै थाहा भएको मानिसले आफैँले पनि आफ्नो खानपानमा परिवर्तन ल्याउन सक्छ । तर, स्वस्थ रहनका लागि वा कुनै पनि स्वास्थ्य समस्या भएको मानिसले खानपानको योजना बनाउनका लागि एक आहारविद् तथा पोषण विशेषज्ञसँग सल्लाह लिनु नै फाइदाजनक हुन्छ ।

(विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका आहारविद् तथा पोषण विशेषज्ञ साहसँग गरिएको कुराकानीमा आधारित)

jackson ribon