birat ribon

बस दुर्घटनामा दुईको मृत्यु

Neuro
बस दुर्घटनामा दुईको मृत्यु

विराटनगर/सर्लाहीमा यात्रुबस दुुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङबाट काँकरभिट्टातर्फ आउँदै गरेको ना५ख ४४८८ नम्बरको बस सर्लाहीको हरिवन नगरपालिका–४ मा दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको हो ।

cura insider

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा चालकसहित १७ जना यात्रु घाइते छन् । मृत्यु हुने बसका यात्रुमा दाङको राप्ती गाउँपालिका–५ का निर्मला चौधरी र राजकुमारी चौधरी रहेका छन् ।

राजकुमारीको दुर्घटनास्थलमै र निर्मलाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३० यात्रु बोकेको बस सडकबाट तल खस्दा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

jackson ribon