birat ribon

इन्टिग्रिटी आइकन–२०२० सार्वजनिक

Neuro
इन्टिग्रिटी आइकन–२०२० सार्वजनिक

विराटनगर/हरेक वर्षजस्तै यस वर्ष पनि अकाउन्टिबिलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टिग्रिटी आइकन–२०२० सार्वजनिक गरेको छ ।

cura insider

इन्टिग्रिटी आइकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । सात वर्षअघि नेपालबाट सुरु भएको यो अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।

यस वर्ष देशभरिबाट प्राप्त एक हजार पाँच सय दुई मनोनयनमध्येबाट निर्णायक समितिले इन्टिग्रिटी आइकन छनोट गरेको हो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूूर्यनाथ उपाध्याय, अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सूचिता प्याकुरेल रहेका थिए ।

इन्टिग्रिटी आइकन–२०२० का लागि जनस्वास्थ्य निरीक्षक बाँकेकी आरती थारु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश बुटवलका महाशाखा प्रमुख दीपक ज्ञवाली, कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाका बाली संरक्षण अधिकृत हेमबहादुर आलेमगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मङ्गलसेन नगरपालिका अछामकी अधिकृत मञ्जु महतरा, नीलकण्ठ उच्च माध्यमिक विद्यालय धादिङका शिक्षक डा. नवीनबन्धु पहाडी छनोट भएका छन् ।

jackson ribon