birat ribon

सुपरहिट फिल्म ‘छ माया छपक्कै’ युटुबमा सार्वजनिक

Neuro
सुपरहिट फिल्म ‘छ माया छपक्कै’ युटुबमा सार्वजनिक

विराटनगर/आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको फिल्म ‘छ माया छपक्कै’ युटुबमा सार्वजनिक भएको छ । फिल्मले सिनेमा हलमा रिलिज भएको दुई दिनमै तीन करोड रूपैयाँभन्दा बढी कमाएर रेकर्ड बनाएको थियो ।

Padelux insider
cura insider

दीपकराज गिरी, दीपाश्री निरौला र उनीहरूको टिमले निर्माण गरेको यो चौथो फिल्म हो । राजनीतिक कथाबस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै’ केही दिनअगाडि पाइरेसीको सिकार बनेको थियो । यसअघि फिल्म ‘छक्कापञ्जा ३’ पनि पाइरेसीको सिकार बनेको थियो । यसैकारण फिल्मलाई अधिकारिक रुपमा निर्माण टिमले युटुबमा सार्वजनिक गरेको थिएन । फिल्म ‘छक्कापञ्जा ३’ ले युटुबमा धेरै भ्युज पाएर रेकर्ड राखेको थियो ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म युटुबमा आएको जानकारी गराउँदै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्– ‘आदरणीय मित्रहरु, हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युटुबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनुभएको छ । धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिसहोममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित युटुबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ ।’

jackson ribon