birat ribon

बाइडेनलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

Neuro
बाइडेनलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

विराटनगर । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।

अमेरिकी राष्ट्रपतिमा सपथग्रहण गरेका बाइडेनलाई भण्डारीले बधाई सन्देश दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

cura insider

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई ज्ञापन गरेका छन् ।

अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै उपराष्ट्रपति पुनले नेपालसँगको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले पनि बधाई सन्देश पठाउँदै बाइडेनको नेतृत्वमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन् ।

jackson ribon