birat ribon

भारतले दिने खोप आज आइपुग्ने, प्राथमिकतामा फ्रन्टलाइनर

Neuro
भारतले दिने खोप आज आइपुग्ने, प्राथमिकतामा फ्रन्टलाइनर

विराटनगर । भारत सरकारले नेपाललाई दिने कोरोनाविरुद्धको भ्याक्सिन आज नेपाल आइपुग्दैछ । हवाई मार्ग हुँदै आइपुग्ने खोप भण्डार गरेर पहिलो चरणमा फ्रन्टलाइनरलाई वितरण गर्ने तयारी छ ।

भारत सरकारले अनुदानका रुपमा कोरोनाविरुद्धको खोप १० लाख डोज नेपाललाई दिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । १० लाख डोज खोप कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिएकाहरुलाई वितरण गरिने उनले बताए ।

cura insider

नेपालको कुल जनसंख्या मध्ये २ करोड १६ लाख अर्थात ७२ प्रतिशतलाई निशुल्क खोप दिने सरकारको तयारी छ । पहिलो चरणमा ७२ प्रतिशत जनसंख्या मध्ये ३ प्रतिशत अर्थात ६ लाख ४८ हजारलाई दिइने छ ।

अभियानको सुरुवाती चरणमा प्राथमिकतामा पर्नेहरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी छन् ।

भारतले नेपालसँगै भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको थियो ।

अनुदानमा आएको कोभिसिल्ड नामक खोप पहिलो डोज एकसाता भित्र वितरण गर्ने तयारी छ । खोप सबै जिल्लामा वितरण गर्ने सरकारकाे याेजना छ ।

jackson ribon