birat ribon

अमेरिकी सत्ता जो बाइडेनको हातमा

Neuro
अमेरिकी सत्ता जो बाइडेनको हातमा

विराटनगर । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जिम्मेवारी सम्हालेका छन् । सपथ ग्रहण गर्दै उनले जिम्मेवारी सम्हालेका हुन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् ।

cura insider

७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । नोभेम्बरमा सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।सपथ लिएलगत्तै बाइडेनले यो इतिहास र आशाको दिन सुरु भएको बताए ।

बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम नलिई धन्यवाद दिएका थिए । ट्रम्प बाइडेनको सपथ समारोहमा गएका थिएनन् । पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बाराक ओबामा भने सहभागी थिए ।

समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिएकी थिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।

jackson ribon