birat ribon

लेवान्डोस्कीको गोलमा बायर्नलाई चार अङ्कको अग्रता

Neuro
लेवान्डोस्कीको गोलमा बायर्नलाई चार अङ्कको अग्रता

विराटनगर / जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले कठिन जित आत्मसाथ गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले अग्सबर्गमाथि १–० गोलको जित निकालेको हो ।

cura insider

अग्सबर्गको मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । खेलको १३औं मिनेटमा पेनाल्टीमा उनले गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो ।

जितसँग बायर्नले १७ खेलमा ३९ अङ्क बनाएको छ । ऊ शीर्ष स्थानमा छ । यस्तै उसले दोस्रो स्थानको आरबी लेइपिजसँग चार अङ्कको अग्रता बनाएको छ । लेइपिजसँग ३५ अङ्क छ ।

पराजित अग्सबर्ग भने १९ अङ्कका साथ १२औं स्थानमा छ ।

jackson ribon