birat ribon

सिटीको जितमा सिल्भा र गुन्डोगानको गोल

Neuro
सिटीको जितमा सिल्भा र गुन्डोगानको गोल

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लामाथि जित निकालेको छ । बुधबार राति आफ्नै मैदानमा सिटीले भिल्लालाई २–० गोलले हराएको हो ।

cura insider

इतिहाद स्टेडियममा सिटीलाई जिताउन बर्नान्डो सिल्भा र इल्के गुन्डोगानले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७९औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो ।

९०औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–० गोलले जिताए ।

जितसँगै दोस्रो स्थानको सिटीले १८ खेलमा ३८ अङ्क जोडेको छ । भिल्ला भने २६ अङ्कका साथ ११औं स्थानमा छ ।

jackson ribon