birat ribon

दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै रियल कोपा डेल रेबाट बाहिरियो

Neuro
दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै रियल कोपा डेल रेबाट बाहिरियो

विराटनगर । रियल मड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार दोस्रो डिभिजन क्लब सिडी अल्कोयानोसँग २–१ गोलले पराजित हुँदै रियल कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको हो ।

cura insider

अल्कायानोको मैदानमा रियलले सुरुआती अग्रता बनाएको थियो । ४५औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियलाई अग्रता दिलाए ।

Image

८०औं मिनेटमा सोल्बेसले गोल गर्दै अल्कायानोलाई बराबरीमा फर्काए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अरितरिक्त समयमा धकेलिएको थियो ।

खेलको ११०औं मिनेटमा लोपेज ओलिभनले रातो कार्ड पाएपछि अल्कायानो दस खेलमा सीमित बनेको थियो । यस्तै ११५औं मिनेटमा क्यासानोभाले गोल गर्दै अल्कायानोलाई अघिल्लो चरणमा प्रवेश गराए ।

Image

jackson ribon