काठमाडौं । नेकपा नेतृ शान्ता चौधरीले फिटनेस सेन्टर तथा ब्युटी पार्लरको सुरुआत गरेकी छन् । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको कोटेश्वरमा ब्युटी पार्लरको उद्घाटन गरेको जानकारी दिएकी छन् ।
आज कृषि तथा पशुपक्षीमन्त्री पद्मा अर्यालले चौधरीको ब्युटी पार्लरको उद्घाटन गरेकी हुन् ।

‘राजनीति पेशा होइन सेवा हो । म पार्टीको काम गर्छु, पार्टीले जुनसुकै दिएको जिम्मेवारी पूरा गर्दै आएको छु र गर्ने पनि छु । हामी राजनीति गर्नेहरू उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु’, उनले फेसबुकमा लेखेकी छन् ।