birat ribon

सन्दीप दिल्ली क्यापिटल्सबाट फुकुवा

Neuro
सन्दीप दिल्ली क्यापिटल्सबाट फुकुवा

काठमाडौं । इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएको छ । आगामी संस्करणको आइपिएल सन्दीपलाई दिल्लीले फुकुवा गर्ने भएको हो ।

Padelux insider
cura insider

लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपिएल खेल्ने बाटो खुलेको छ । आइपिएलको १३औं संस्करणमा सन्दीपलाई दिल्लीले कुनैपनि खेलमा मौका दिएको थिएन ।

इएसपिएनक्रिकइन्फोका अनुसार दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनबाट भारु २० लाखमा अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले तीन खेल खेल्दै पाँच विकेट लिएका थिए भने २०१९ मा छ खेलमा आठ विकेट लिएका थिए ।

jackson ribon