birat ribon

खैरो हिरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा

Neuro
खैरो हिरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र लागुऔषध, खैरो हिरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ । लागुऔषध नियन्त्रण व्यूरोले काठमाडौं उपत्यकाभित्र लागुऔषध खैरो हिरोइनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो ।

Padelux insider
cura insider

लागुऔषध खैरो हिरोइनसहित नौ जना पक्राउ परेका हुन् । उनीहरूबाट ब्यूरोले पाँच सय ३६ दशमलव पाँच ग्राम खैरो हिरोइन बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको हालसम्मै धेरै हो । ब्यूरोले उनीहरूको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ ।

यस्तै, छ लाख ७१ हजार पाँच सय रुपैयाँ नगद, छ हजार एक सय अमेरिकन डलर र तीन थान सवारी साधनसमेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलीपकुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिँदै काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिए ।

jackson ribon