birat ribon

प्रदेश एकको सातौँ हिउँदे अधिवेशन (फोटो फिचर)

Neuro
प्रदेश एकको सातौँ हिउँदे अधिवेशन (फोटो फिचर)

विराटनगर । तीन मिनेट मात्र बसेर बुधबार प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीप भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र वाचन गरेपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

Padelux insider
cura insider

बुधबार बिहानसम्म प्रदेश १ को हिउँदे अधिवेशनमा नेकपाका निलम्बन गरिएका १६ जना सांसद्लाई ओली पक्षले बैठक कक्षमा प्रवेश गर्न नदिने योजनामा थिए भने प्रचण्ड–माधव पक्षका सांसद मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने तयारीमा थिए ।

आफूहरूलाई अवरोध हुनसक्ने भएपछि प्रदेश १ को हिउँदे अधिवेशनमा सहभागी हुन नेकपा प्रचण्ड–माधव समूहमा सांसद् एकैपटक प्रदेशसभामा प्रवेश गरेका थिए ।

बैठक कक्षमा प्रवेश गर्नुअघि सभामुख भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुँदै उनीहरू बैठकमा प्रवेश गरेका थिए ।

बुधबार बैठकमा अवरोध भए संवैधानिक प्रश्न उठ्ने देखिएपछि सभामुख भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त पत्र वाचन गर्ने र अनिश्चितकालका लागि बैठक स्थगित गर्ने बताएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार छ महिनाभित्र अनिवार्य रूपमा अधिवेशन गर्नुपर्ने भएकाले दुवै समूह प्रदेश प्रमुखको पत्र वाचन गरेर बैठक स्थगित गर्न तयार भएको थियो ।

सामान्तया अधिवेशनको सुरुआत र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा छ तर आजको बैठकमा उक्त परम्परा तोडिएको छ ।

अब सभामुखले अर्काे बैठक बोलाएपछि मात्रै दलका नेताको सम्बोधन हुनेछ ।

त्यसपछि मात्रै मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ ।

jackson ribon